मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

प्रमुख समाचार प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए ।

आजै जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको भन्दै काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।

यद्यपि जनमतले त्यसलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै समर्थन दिएको छ । मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा दुवै पक्ष पुगेपछि तनावसमेत भएको थियो ।

किताब हेरेर जनमतले सोनललाई समर्थन गरेपछि काङ्ग्रेस र एमालेले जनमत फोडेरै भएपनि आफूहरूको नेतृत्वमा सरकार बनाउने प्रयासमा थियो ।

फलस्वरूप जनमतबाट आज निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ सहनेतृत्वको जनस्वाराज पार्टीमा सनाखत गरेका छन् ।

निर्वाचन कार्यालयमा सनाखत गर्न निवर्तमान मुख्यमन्त्री सिंह पुगेपछि उनलाई रोक्न जनमतका नेता कार्यकर्ताले प्रयास गरेका थिए । त्यस क्रममा सामान्य झडप समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *