विद्याको सदस्यता नवीकरण गर्न एमाले केन्द्रीय कमिटीको प्रस्ताव

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १०औँ बैठकमा केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न माग गरेका छन् । दोस्रो दिनको बैठकमा सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले लिखित प्रस्ताव पेश गर्दै भण्डारीको सदस्यता नरोक्न आग्रह गरेका हुन् ।
रचना खड्का, रमेश पौडेल, विद्या सुन्दर शाक्य, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह र ममता गिरीलगायतले पनि सोही माग राखेका हुन् । उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकको भूमिका निर्वाह गरी पार्टी एकताबद्ध बनाउन सुझाए ।जेनजी आन्दोलनपछि पार्टीले युवा पुस्तालाई जोड्नुपर्नेमा जोड दिँदै रचना खड्काले नीति र विधानमा पुनर्संरचना आवश्यक रहेको बताइन् । रमेश पौडेलले माधव नेपालको समाजवादी पार्टीलाई एमालेमा एकीकरण गर्न र भण्डारीको सदस्यता नवीकरण गर्न माग गरेका छन् ।

उनले पार्टीको राम्रा–नराम्रा कामको श्वेतपत्र जारी गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् । बैठकमा नेतृत्व परिवर्तनको मुद्दा पनि उठेको छ । तर, बहुमतले महाधिवेशनबाट निर्णय लिने पक्षमा जोड दिएका छन् । एमालेले मङ्सिरको अन्तिम साता पोखरामा महाधिवेशन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *