काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन समारोहमा नेताहरूलाई सामाजिक सञ्जालमा केही नलेख्न र मिडियामा अन्तर्वार्ता नदिन चेतावनी दिएका छन्। उनले पार्टीभित्रको असन्तुष्टिका बीच राजीनामा दिने प्रसंग उठाउँदै “माइकमा होइन, प्रतिनिधिहरूसँग फैसला गरौँ” भने। ओलीले केही नेताहरूले अवसर पाएर आक्रमण गरेको आरोप लगाउँदै पार्टीलाई तिक्तता होइन, मित्रताको वातावरणमा लैजान आग्रह गरे। साथै उनले बाहिर नबोल्न र छलफल पार्टीभित्रै गर्न सुझाव दिएका छन्।
उनीले सुशीला कार्की र न्यायिक हस्तक्षेपबारे पनि असन्तुष्टि जनाउँदै, “पूर्वप्रधानन्यायाधीश आफैं प्रधानमन्त्री बन्न मिल्दैन थियो,” भने। ओलीले २०७६ र २०७८ मा पनि ठूलो आलोचना भोगेको स्मरण गर्दै अहिलेको विवादलाई सामान्य राजनीतिक मतभेदको रूपमा व्याख्या गरे।