एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ पाेखरामा गर्ने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ  । नेकपा एमालेले ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधवारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मङ्सिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदन हलबाट पारित भएको छ । तर, प्रतिवेदन पारित गर्ने क्रममा विवाद भएपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *