सामाेआलाई हराउँदै नेपालले जित्याे टी-२० विश्वकप छनाेटकाे उपाधि

अन्तर्राष्ट्रिय खेलकुद प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाण्डाै । सामाेआलाई हराउँदै नेपालले आईसीसी टी-२० एशिया तथा इस्ट एशिया-प्यासिफिक छनोटकाे उपाधि जितेकाे छ ।

ओमानकाे अल अमिरात मैदानमा आज भएकाे छनाेटकाे अन्तिम खेलमा नेपालले सामाेआलाई‌ १ सय २४ रनले हरायाे । नेपालले दिएकाे २ सय १२ रनकाे लक्ष्य पछ्याएकाे सामाेआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे । सामोआका सिन सोनियाले सबैभन्दा धेरै ४० रन बनाए । नेपालका ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो । नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । आसिफ ६९ र दीपेन्द्र ५३ रन बनाएर आउट भए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफकाे यो व्यक्तिगत सर्वाधिक रन हाे । यसअघि उनले वेस्ट इन्डिजसँगकाे खेलमा ६८ रन बनाएका थिए । यस्तै लाेकेश बमले ३९, कप्तान राेहित पाैडेलले २१ रन बनाए । सामाेआका ४ जना बलरले १/१ विकेट लिए ।

नेपालले अपराजित रहँदै उपाधि जितेकाे हाे । सुपर–सिक्समा नेपाल ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा रह्याे । यस्तै ओमान ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रह्याे । यूएई ५ खेलमा ६ अङ्कसहित तेस्राे स्थानमा रह्याे ।

नेपाल, ओमान र यूएई सुपर–सिक्समा पुगेका छन् । कतार, जापान र सामोआ भने अगाडि बढ्न सकेनन् । योसँगै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *