नयाँ पार्टी खोल्दै मिराजले, भने– ‘बटमलाइन पूरा नभएसम्म निर्वाचनमा भाग लिन्नौँ’

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको जानकारी दिए ।

 

उनले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्दै आफ्नो ‘बटमलाइन’ सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा भएको उनको भनाइ छ। उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारे।

ढुंगानाले भने, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाइन हो, यसलाई सुन्नैपर्छ। यो बिना कतै पनि जानेवाला छैनौँ।’

उनले पार्टी खोल्नुको अर्थ चुनाव लड्न नभएको जिकिर गर्दै संगठित भएर अगाडि बढ्नका लागि, निर्देशन कसले दिने भन्ने स्पष्टताका लागि यो कदम चालिएको बताए। ‘हामीले राजनीतिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होइन, यो प्रष्ट होस्। आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन। आधिकारिक त हामी हुनुपर्‍यो। कि त मैले एनजीओ खोल्नुपर्‍यो देश विकासका लागि कि त राजनीतिक दल खोल्नुपर्‍यो। त्यो बाहेक त हुलमुल मात्रै हुन्छ,’ उनले थपे।

नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने ढुंगानाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *