तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरीको बागमती किनारमा गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण गरिन्छ । यस क्षेत्रमा सयौं छठ घाट अर्थात् पूजा स्थल निर्माण गरेर भव्य रुपमा छठ मनाइदै आएको छ । तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउने लगायत काम पनि भइरहेको छ । यसैगरी कमलपोखरी, नागपोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ मनाउने गरिन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष यही कात्तिक १० गते सोमबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।

कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ।अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ। पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *