खराब मौसमका कारण ९ उडान डिले, चारवटा माउन्टेन फ्लाइट रद्द

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् ।

प्रतिकूल मौसमका कारण काठमाडौंबाट लुक्ला, पोखरा र ताप्लेजुङका लागि तय भएका नौवटा उडान डिले भएका छन् । यसैगरी, चारवटा माउन्टेन फ्लाइट रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि हिजो पनि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका थिए । केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *