मुलुकमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको प्रत्याभूति दिलाउन मासमको माग

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

पाँचथर । मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील संस्था मानव अधिकार संरक्षण मंच (मासम) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले मुलुकमा मानव अधिकारको पछिल्लो अबस्था र बिभिन्न घटनाक्रमको बारेमा गम्भीर समिक्षा गर्दै बिभिन्न निर्णय गरेको छ।

मासम नेपालले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारलाई मुलुकमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

मासमले राज्य विरुद्धका अपराध भ्रष्टाचार, मानव वेचविखन, सुन तस्करी लगायतका अपराधमा संलग्न गिरोहका मतियार, हत्याहिंसा, तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर दण्डित गर्न माग गरेको छ ।

संस्थाका महासचिब डा. श्रीकान्त खतिवडाका अनुसार गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा राज्यको अत्यधिक बल प्रयोगबाट गोलि लागेर मृत्यु भएका २२ सहित ७६ जनाको मृत्यु भएकोमा गहिरो दुख प्रकट गर्दै मृतकको परिवारलाई यथोचित राहत र घाइतेको स्वास्थ्य उपचार अनि अशक्त भएकाहरुलाई जीविकोपार्जनका लागि आबश्यक व्यवस्था गर्न सरकारसंग माग गर्ने निर्णय गरेको छ।

बैठकले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका दर्जनौं सरकारी कार्यालय सहित निजि एबम सार्बजनिक सम्पतिमा गरिएको आगजनी, तोडफोड र लुटपाट गरि राज्यलाई नै तहसनहस पार्ने काम भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कानुनी कारबाही गर्न र मुलुकमा शान्ति सुब्यबस्था कायम गर्न समेत सरकारसंग माग गरेको छ ।

यसैगरी सरकारले फागुन २१ गते चुनाबको मिति तोकिसकेको अबस्थामा चुनाबको लागि शान्ति सुरक्षाको उपयुक्त बाताबरण बनाउन सरकारसंग माग गर्नुको साथै निर्बाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरुले समेत संयम र जिम्मेवार भूमिका निर्बाह गर्न सरोकारवालालाई आग्रह गरेको संस्थाका महासचिब खतिवडाले  जानकारी दिए।

मासमले राजनीतिक दलहरूलाई समेत आवश्यक संयम र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

नेपालले आफ्नो दीर्घकालीन मानव अधिकार संरक्षणको अभियानलाई अन्तर्राष्ट्रिय मञ्चमा उदाहरणीय रूपमा प्रस्तुत गर्नु आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तिमा अन्तर्राष्ट्रिय रुपमा चलिरहेका नागरिक समाज एवं मानव अधिकारसँग सम्बन्धित आन्दोलनमा ऐक्यवद्धता जनाएर अन्तर्राष्ट्रिय मानवअधिकार परिषदमा नेपालको सक्रिय भूमिका सुदृढ गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा मानव अधिकारका लागि क्षेत्रीय सहकार्यद्वारा मानव तस्करी, साइबर अपराध र सिमापार अपराधिक गतिविधिमा नियन्त्रण एवं पीडित व्यक्तिहरुको संरक्षण गर्न दक्षिण एसियाली राष्ट्रहरुबीच संयुक्त कार्यदल गठन गरी आवाश्यक संयन्त्र निर्माणका लागि पहल गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय सन्दर्भमा, मासमले जलवायु न्याय, वातावरणीय अधिकार, मानव तस्करी र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको छ ।

निर्णयहरुको पूर्ण पाठ..

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *