काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्नेछ । साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ ।
१७ मंसिरको उपत्यका विशेष प्रदेश र १९ मंसिरमा संघीय सम्पर्क समन्वय प्रदेशको भेला गर्ने पनि उल्लेख गरेको छ ।
कात्तिक १९ यता ६ वटा पार्टी तथा त्यसका विद्रोही समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। भीम रावल, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू पनि नेकपामा समाहित भएका छन्।
सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो।
