आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित छ र निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ ।

पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । यही विषयमा निष्कर्षमा पुग्न थप छलफलका लागि बैठक एक साता स्थगित गरेर फेरि आज बस्न लागेको हो । बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले महाधिवेशनबारे सुझाव दिएका थिए ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । त्यसैदिन उनलाई काउन्टर दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाको कार्यतालिकालाई इतर समूहले र सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापनले समर्थन गरेपछि कांग्रेसभित्र यो विषय पेचिलो बन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *