सीता ओझा
१ हिंसा
जो कोही मानिसलाई विना कारण अपमान,हेलाँ होचो, गालीगलौज, जवर्जस्ती गर्नु / मानिसको इच्छा विपरीत कार्य गर्नु,गराउनु,गर्न प्रेरित गर्नु , विना कारण मन दुखाउनु, कुटपिट गर्नु,जवरजस्ति गर्नु,अधिकारबाट बन्चित गराउनु आदिलाई भनिन्छ ।
लिङ्कको आधारमा महिलामाथि हुने या गरिने सबै खाले अपमानजनक व्यवहार,चित्त दुखाउने काम, हेराइ,हुर्काइ र दैनिक व्यवहारमा गरिने विभेद , अपमान ,गालीगलौज,कुटपिट,बोक्सी बनाउने,मलमुत्र खुवाउने,घरबाट निकाल्ने र बलात्कार आदि महिलामाथि हुने र गरिने महिला हिंसाका घटनाहरू हुन् ।
२, हिंसाको कारण
महिला माथि भएको दृष्टिकोणीय अपमान,
महिलालाई हेर्ने दृष्टिकोण मानविय नभएर
महिलाको यौनिकताप्रतिको दृष्टिकोण गलत भएर
३,यस्ता हिंसाका घटना कहाँ
एकान्त ठाउँमामा एकान्त समय पारेर
घर,परिवारभित्र
खानेकुराको प्रलोभनमा
नयाँ लुगा / वस्तु या अवसर आदिमा लोभ्याएर
सार्वजनिक यातायातभित्र,
धार्मिक मठ मन्दिर
सडक ,गोठालो र मेलापात मेलापात
अपराधिक काम गराउन बाध्य पारेर ,
यौनिक कामसँग जोडेर,चरित्र हत्या गरेर, घर या कार्यलयमा भएका हिंसात्मक घटनाहरू सार्वजानिक गर्दा अपराधीले सामाजिक प्रतिष्ठा बनाएर,
व्यक्तिको पिछा गरेर,नियमित चियो,चर्चो गरेर ,
कार्यलय , कार्यलयिय काम भएका औपचारी र अनौपचारिक स्थलहरू,
संघ,संस्थामा हेलाँ होचो,अपमान र महिलालाई पदिय समान जिम्मेवारी
कार्यस्थलमा तोकीएको कार्य भन्दा फरक कार्य गर्न नमानेको अवस्थामा,
राजनीतिक स्वार्थले,गुटबन्दीमा महिलालाई प्रयोग गरेर,
पदिय जिम्मेवारी नदिएर,
समान पदिय सहभागीतामा महिलालाई अपमान गर्ने गराउने प्रवृत्तिले
मद,मदिरा र यौनजन्य कार्यमा संलग्न हुन नचाहाँदा सरुवा,घटुवा,वरखास्ति या अवसरबाट बन्चित हुनु पर्ने,
गर्भास्था ,सुत्केरी अवस्था या कुनै घरायसी कामले राजनीतिक काममा उपस्थिति हुन नसक्दा महिलाले अवसरबाट बन्चित हुन पर्ने,
संरचनामा सहभागीता र जिम्मेवारी नदिँदा महिलाहरू अवसरबाट बन्चित हुनुपर्ने ,आत्मसम्मानमा असर पर्ने र डिप्रेसनमा जाने जस्ता कार्य
महिलालाई जिम्मेवारी नै नदिने दिएपनि सहायक मात्रै दिने,मञ्चमा सहभागीता र विचार प्रस्तुत गर्ने अवसर नदिने कार्य
कार्यलय तथा राजनीतिक संघ संस्थामा सहभागी गराउने विषयमा नै हेलाँ होचो र अपमान गर्ने गराउने,क्रियाकलापले/ सहपाठी या महिला कर्मचारी हिंसामा पर्ने गर्दछ।
४, यस्ता हिंसाका घटना कसरी हुने गर्छन ?
घरपरिवारभित्र ,समुदाय र कार्यलयिय काममा महिलाको स्थान,परिचय अस्तित्व र भुमिकालाई अस्विकार गर्दा, गरिने हेलाँ अपमान र विभेदपुर्ण व्यवहारको माध्यमबाट गर्ने गालीगलौज,तिरस्कार,अपमान र कुटपिट नै हिंसाका घटना हुन् । विशेषगरी महिलाको भुमिका र अस्तित्वप्रति विश्वास नगर्ने कारण प्राय महिला हिंसामा पर्ने गर्छन् । जस्तै परिवारभित्र पतिले पत्नीलाई ,सासुले बुहारीलाई ,नन्द आमाजुले बुहारीलाई र बुहारीले सासू या नन्दआमाजुलाई अपमान र हेलाँ होचो गर्दा नाता र सम्बन्धको स्थान र मान नबुझ्दा नाता सम्बन्धभित्र कुनै बहाना बनाएर हप्काउनु,अपमान,कुटपिट गर्नु गराउनुदेखि ,नजिकको नातासम्बन्ध ,छिमेकी,जानपहिचानको व्यक्तिबाट जिस्क्याउने,ऐना देखाउने,छुने या पिछा गर्ने सम्मका घटनाहरू कुनै महिलाप्रति आफ्नो यौनजन्य चाहाना पूरा गर्ने उदेश्यले बलात्कार गर्न प्रयास गर्नु,बलात्कार गर्नु, सम लिङ्गि साथीविच यौनजन्य कार्यमा जवर्जस्ति गर्नु, यौनजन्य र अपमान जनक कार्य गर्नु गराउनु,कार्यलयिय कामको समयमा हाकिमले कर्मचारीलाई जथाभावी गाली गलौज गर्नु,हिंसा हो ।
विद्यालयका शिक्षक, विद्यार्थी,मित्र,कार्यलयको काममा नजिक रहने सहयोद्धा, पदीय दायित्वमा वरिष्ठतम् व्यक्तिबाट पनि कामको सिलसिला जोडेर या अन्य बहानामा महिलामाथि हिंसा हुने र गर्ने गरिन्छ । यस्ता प्रकृतिका घटनालाई कार्यस्थलमा हुने हिंसा हुनेगर्छ
घरपरिवार र कार्यलयभित्रका अमैत्री वातावरण ,नाता सम्बन्धमा हुने उचनिच, परिचय ,स्थान, मान, र पहिचानको अस्विकारको कारण,व्यापारी दृष्टिकोणले ,यौनजन्य र मदिराजन्य विज्ञापनमा महिलाको नङ्न तस्विर राखेर ,कार्यक्रमकको स्वागतको बहाना ,खानाको सेवा र स्याहारसुसारमा महिलालाई प्रयोग गरेर पनि महिलामाथि नजानिदो तरीकाले हिंसा गरिरहेको भेटिन्छ ।
राज्य,सत्ता र शक्तिको संरक्षणका लागि रक्त सम्बन्धभित्रकाले विभिन्न बहानामा सत्ता र शक्ति संरक्षणको लागि सती,पार्वती ,दुर्गा,सिता,दौपदी ,अहिल्या आदि नाममा प्रयोग गरेका साहित्यिक बिम्बहरूले महिलाप्रतिको दृष्टिकोण असमान बनाइदिएको कारण
५, हिंसामा को को पर्ने गरेका छन् ?
विशेषगरी महिला,बालबालिका ,अशक्त ,जेष्ठ ,अल्पसंख्यक ,लोपोन्मुख र गरिबीमा परेका नागरिकहरूलाई आफु समाजको संम्रान्त तथा पद,शक्ति र श्रोतले सम्पन्न भएको /ठान्ने व्यक्तिले आफू भन्दा कम्जोरहरूलाई फरक र विभेदकारी व्यवहार मार्फत हिंसा गरिरहेका हुन्छन् ।
६,यस्ता हिंसाका घटना को बाट हुने गर्छ ?
घरपरिवार भित्र हाडनाता या अन्य नाता र सम्बन्धभित्र जस्तै : बाबुले छोरी ,ससुराले बुहारीलाई,दाजुले बहिनीलाई छिमेकी छिमेकीविच भएका बलात्कारका घटना र पतिले पत्नीलाई अपमान,हेलाँ होचो र कुटपिट गरेको साथै सासुले बुहारीलाई व्यवहार र बोलिचालीमा अपमानजनक व्यवहार देखाएर , बुहारीले सासुमाथि अपमान र घृणा गरेर या खानपान लगायतमा विभेद गरेर यस्तै विभिन्न नाता र सम्बन्धभित्र , समुदायका समूह,गुठी इत्यादि मार्फत ,शक्ति संरचना र साधन श्रोतको परिचालनमा ठगि गरेर या सहभागी नगराएर हुने अपमान या अमर्यादित व्यवहार मार्फत नै हिंसा हुने गरेकाछन् ।
सामाजिक,आर्थिक संस्था,राजनीतिक दल र संगठनहरूमा पनि महिलालाई महिला भएको कारण जिम्मेवारी,सहभागीता,अवसर, अविश्वास आदिमा बन्चित गराएर भएको हेपाई पनि महिलामाथि भएको हिंसा हो । राजनीतिक नेतृत्वको हेपाईको कारण पनि महिलाहरू राजनीतिक्षेत्रमा हिंसामा परेका छन् ।
७, को को बाट ?
नाता सम्बन्ध ,नजिकको साथी,शिक्षक छिमेकी सहपाठी,शक्ति र सत्ता जोडिएका व्यक्तिबाट आदि परम्परा देखि विकसित भएका कला,साहित्य र अन्य सृजनासगँ जोडिएर बन्ने चित्रकला,मुर्तिकलाहरु,बज्ने गीत र लेखिएका साहित्यले महिलालाई यौनिक मनोरञ्जनात्मक पात्र बनाउने विषयले समान दृष्टिकोण बनाउन सकेको छैन । भाषा,साहित्य ,कला र संस्कृति समाज विकासको आधार हो । भाषा साहित्य,कला र संस्कृतिले महिलामाथि समानताको दृष्टिकोण देखाउन नसक्दा महिलामाथि हिंसा र अपमान भएको छ।
महिलाको यौनिकताको अर्थ,वर्णको सुन्दरता र पहिरनसँग जोड्नु हुन्न । महिला शब्दको परिभाषा लहरा सँग होइन मानविय अस्तित्वसँग जोड्नु पर्छ । यसरी जोडिएका प्रसङ्गले महिलालाई दोस्रो दर्जाको स्थानमा पुर्याउछ
जस्तै : श्रीमती या सुश्री कार्यलयिय कामको लागि होइन ,वैयक्तिक प्रयोजनको लागि हो तर कार्यलयिय पत्राचारमा महिलाका लागि मात्रै प्रयोग गर्ने प्रचलन रङ्ग,वर्ण,लिङ्ग,क्षेत्र ,जात र यौनिकताको कारण हुने र गरिने फरक र विभेदकारी सबै व्यवहारहरूले हिंसा गरेको ठहर गर्दछ । हामी बोलेर मात्रा होइन व्यवहारले पनि विभेद गर्ने गर्छौ । यो र यस्ता घटना सामाजिक अपराधमा पर्दछन् ।
समाजमा बोक्सोबोक्सीको आरोप लगाउदै मलमुत्र खुवाउनु ,कुटपिट गर्नु गराउनु हिंसा मात्रै होइन, सामाजिक अपराध हो ।
महिलाको पिछा गर्नु,एकोहोरो हेरिरहनु,छुनु,या छुन खोज्नु,लाडिएर नजिक पर्नु,औंला देखाएर झिस्काउनु,टाढाबाट ऐना देखाउनु ,यौनिक या अश्लील शब्द या उखानहरू प्रयोग गर्दै गफ या भाषणमा मचिनु ,भाषणमा महिला जस्तै कम्जोर पक्षलाई अपमान गर्ने उखान टुक्का र उदहरण जोडेर उदाहरण दिनु,पनि हिंसात्मक व्यवहार हो ।
८, महिला माथि हुने हिंसा
१ शारीरिक ( कुटपिट को तस्विर )
२मानसिक ( मानिसरूपमा क्षति हुने गरि दिइने चोट ,इर्षा गरेको तस्बिर )
३ धार्मिक – जोगिहरूबाट
४ सांस्कृतिक – छाउपडी ,झुमा,देउकी/ कला साहित्य र गीत
५ मनोबैज्ञानिक – उमेर अनुसार र हेरेर गरिने दुर्ववहारहरू ,गाली गलौज
६ यौनिक – यौनजन्य तस्विर
७ राजनीतिक – निशेध ,अपमान ,जिम्मेवारीबाट बन्चित
८,महिला हिंसाको अभियान कहिलेबाट सुरू भयो ?
झण्डै ६५ वर्ष अघि ल्याटिन अमेरिकाको डोमिनक गणराज्यका एकै परिवारका तीन दिदी बहिनी पेट्रिया,मिनर्भा र मारियालाई तात्कालिन त्रिभुजो सरकारले सन १९६० नोभेम्बर २५ को दिन निर्ममता पुर्वक सामुहिक हत्या गरेको थियो । त्यहि हत्याको विरूद्धमा सन १९८१ देखि त्यो हत्याको घटना विरूद्धमा विरोध गर्न थालियो ।
त्यो घटनाले उग्र रुप लिँदै गएपछि सन १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघमा महिलाको अधिकारसँग जोडेर पहिलोपटक कुरा उठ्यो । त्यो पछि अभियानको रूपमा मजाउन थालिएको हो । यो अभियान नोवेम्बर २५ मा सुरु भएर डिसेम्बर १० को दिन सकिन्छ । डिसेम्बर १०लाई विश्वभर मानवअधिकार दिवसको रूपमा मनाउने गरिन्छ । महिला हिंसा विरूद्धको यो अभियानले महिलाको अधिकारलाई मानव अधिकारसँग जोडेर संरक्षण गर्ने निर्णय गरेको छ ।
त्यसै कारण लैङ्गिक हिंसाको १६ दिने विश्व अभियान डिसेम्बर १० को दिन मानवअधिकारको कार्यक्रमसँग जोडिएर समापन गरिने गरिन्छ ।सकिने गर्छ । महिलाको शान्ति ,सुरक्षा र बाच्न पाउने र हकअधिकार सम्बन्धि अधिकार महिलाको मानवसगँ जोडिन्छ । त्यसैले १० डिसेम्बरको दिन महिला हिंसा विरूद्धको यो अभियानको समापन गरिने गरिन्छ । नेपालमा यो अभियान सन १९९७ देखि गैर सरकारी संस्थाहरूले अभियानको रूपमा कार्यक्रम गर्न सुरुवात गरे। अहिले यो अभियानमा लगभग १४० -४५ देशहरूका ३८०० संस्थाको सहभागीता रहेको छ ।
९,यो अभियान किन गर्न आवश्यक छ ?
महिला हिंसाको बारेमा सचेत हुन,सचेतना जगाउन ,महिला सम्बन्धि नीति नियमको प्रभावकारी कार्यनयन र दवावको लागि ,महिलाको जीवनको सुरक्षाको अवस्था बलियो बनाउन ,हिंसा नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्न,महिलाको स्वतन्त्रताको हक कायम गर्न , प्राप्त महिला अधिकार र सुरक्षाको प्रत्याभूति गर्न गराउन यो अभियान गर्न अनिवार्य देखिन्छ । त्यसैले सरकारका तीनै तह,सामाजिक सञ्जाल र महिला तथा मानवअधिकारसँग सम्बन्धित संघसंस्था र नागरिक समामहिलाले काम गर्ने कार्यस्थलमा कामको सिलसिलासगँ जोडिएर, कार्य गरिरहँदा,सगैं हिड्नु पर्दा, अनेकौं फरक व्यवहार तथा आग्रह राखेर या विभेदपुर्ण ढङ्गबाट गरिने बोलिचालि तथा फरक व्यवहार पनि महिला माथि भएका हिंसा हुन् ।