कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनकाे कार्यतालिका पेस हुने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ । बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् ।संस्थापन इतर समूह आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

यहि विवादका कारण शुक्रबार र आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *