माओवादी-समाजवादीसहित ९ दलको एकता आज घोषणा हुने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले आज बुधबार एकता घोषणा गर्दैछन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।

काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ९ दलले एकता घोषणा गर्न लागेका हुन् । आज दिउँसो १ बजे एकता घोषणा हुनेछ । उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ९ राजनीतिक दलले आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकेका छन्। एकीकृत पार्टीको नाम भने नेपाली कम्युनिष्ट पाटी रहने   निर्णय भइसकेको छ ।

सहमति पत्रमा माओवादी केन्द्रका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव चिरन पुन, नेकपा साजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

पार्टीको सिद्धान्त माक्र्सवाद, लेलिनवाद हुने उल्लेख छ । त्यस्तै आगामी ६ हिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *