A
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगमा १२० राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ ।
१२ राजनीतिक दलले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कुल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कुल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् ।
यी हुन् दलहरूका चुनाव चिह्न: