डोटिम (DOTIM) परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा मिती २०८२ पुुस ०७ गतेका दिन गोलबजारस्थित उद्योग व्यापार संघको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा, डोटिम परिसंघका केन्द्रिय प्रतिनिधिहरू, डोरटिमका अन्य जिल्लाका प्रतिनिधी, विभिन्न क्षेत्रका अगुवाहरूको साथै स्थानियवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम एवं भेलामा विशिस्ट अतिथिका रूपमा छिमिकी देश भारतबाट गुजरातका वरिष्ट समाजसेवी एवं सेवा सुुरक्षा संघका केन्द्रिय अध्यक्ष अक्षय कुुमार ठक्कर ज्यूको पनि सहभागी हुनुभएको थियो। उहाँले कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालको मधेस– भारतविचको मैत्री सम्वन्ध लाई उल्लेख गदै नेपाल र भारतको दलित,पिछडावर्ग,थारु,जनजाती तथा अल्पसंख्यकको समस्या उस्तै- उस्तै रहेको जानकारी गराउनुभयो। यसै सन्दर्भमा भारत देशको प्रधानमन्त्री माननीय नरेन्द्र दास मोदीको विशेष ध्यान रहेको जानकारी गराउनुभयो। नेपाल र भारत दुुइटै ठाँउको दलित,पिछडावर्ग,थारु,जनजाती,आदिवासी,अल्पसंख्यक समुुदायको राष्ट्रिय हक,हित र यी समुुदायहरुको उत्थान र विकासका लागि एकै ठाँउमा एक जुुट भई काम गर्नु पर्ने आजको राष्ट्रिय आवश्यकता हो भनी आफ्नो मन्तव्य जोडतोडले राख्नुभयोको थियो।उहाँले भन्नुभयोकी जवसम्म समाजका शोसित,उत्पीडीट,अपहेलित तथा उपेक्षित वर्ग वा समुुदायहरुको विकास हुुुदैन तवसम्म कुुनैपनि राष्ट्रको संम्पुण विकास हुुन सक्दैन भनेर ठोकुुवा गर्नुभयो । उहाँले विशेष सम्वोधनमा भारत र नेपालको आपसी सम्वन्ध सयौ वर्षदेखि र्धामिक,सास्कृतिक,सामाजिक,आर्थिक लगायत आदि विषयको वारेमा पनि चर्चा गर्नुको साथै आदिमकालदेखि भगवान रामको ससुुराली नेपालको मधेशस्थित माता जानकीको जन्मभूूमि मिथिलाअञ्चलमा रहेको कुुरा सर्ववितितै छ र त्यसैले यो सम्वन्ध नौलो होइन वारी- पारीको वोडरले या वोडरको कारणले वेटी- रोटी (सोली -डोली) प्राकुृतिक रहेको भनेर जानकारी पनि गराउनुभयो।यस्ता सन्देशले दुुई देशको मित्रता अझै प्रागढ हुुनेछ भनेर विश्वस्त पार्नुभयो । आउँदो दिनमा डोरटिमले परिसंघले यी वर्ग वा समुदायको मानिसहरुलाई उत्थान गर्न ठूूलो भूूमिका र्निवाह गर्नेछ भनेर आशा व्यत्त गर्नुभयो ।यस्ता विषयमा आवश्यकता परेको वेला भारत सरकारका प्रधानमन्त्री नरेन्द्र दास मोदीले पनि सघाउने कुरा उल्लेख गर्नुभयो।
उक्त कार्यक्रम भारतको झारखण्ड वाट आ. ज .शुु. पाटीका केन्द्रिय महासचिव डा. लम्वोदर महतो ज्यूूको पनि विशिस्ट अतिथीको रुपमा उपस्थिती रहेको थियो। उहाँहरूको विशिस्ट आतिथ्य सहीतको उपस्थितीले यस डोरटिम परिसंघको कार्यक्रमको चमक र दुुई देश विचको भाईचारा सहितको मित्रतालाई अझ वलियो पारेको कुुरा प्रष्ट छ। यस कार्यक्रम डोरटिम परिसंघका प्रमुुख राष्ट्रिय सल्लाहकार डा. पि. के. ठाकुुर तथा डोरटिम परिसंघको केन्द्रिय संयोजक चन्देश्वर पाशवानको निमन्त्रणामा उहाँहरूको उपस्थितीका साथै आतिथ्य ग्रहण भएको थियो।
यस परिसंघको कार्यक्रमको नेपालका पूूर्व उपप्रधानमन्त्री तथा जनता समाज पाटी,नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव ज्यूको प्रमूूख अतिथीको रुपमा उपस्थिती रहेको थियो।
केन्द्रीय संयोजक चन्देश्वर पासवानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै डोटिम परिसंघलाई अझ सक्रिय र संगठित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने जानकारी पनि दिनुभयो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।