सिन्धुलीमा एसबीआई बैंकको ३ करोड लुटियो

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटिएको छ । मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो ।

नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालक बनेपाका हुन्  । अरु लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *