– खरानीको आत्मकथा !

डा. नवराज लम्साल म खरानी हुँ साँच्चै खरानी हुँ तर खरानीको आकृतिमा म जो छु म खरानी मात्रै होइन ! म सुदूरका कार्यकर्ताले तिरेको रसिद हुँ पार्टीको झण्डा र चुनाव चिन्ह सिलाउँदाको आर्थिक अंश हुँ केन्द्रीय कार्यालयको भित्ताको रङ हुँ फर्निचर हुँ शहीदको फोटो र शहीद दिवसमा किनेको मालाको अंश हुँ परिवर्तनको आन्दोलनमा कार्यकर्ताको मुखबाट […]

Continue Reading

नेपालमा जेन्जि अन्दोलन र बर्तमान राजनितिक अवस्था !

ओम लामिछाने ८, कार्तिक, काठमाडौं ।पत्रकार , लेखक तथा  सुशासन महासघका अध्यक्ष  ओम लामिछानेले वर्तमान राजनीतिक अवस्थाको अस्थिरता र पुरानो सोचको जडतालबीच — जेन्जि आन्दोलन नयाँ आशा र पुनर्जागरणको संकेत हो ।  नेपालमा जेन्जि (Gen Z) आन्दोलन र वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्नाले देशको सामाजिक–राजनीतिक रूपान्तरणका केही गहिरा पक्षहरू बुझ्नुपर्ने  विचार व्यक्त गर्नुभएको छ । […]

Continue Reading

“अब नेतृत्व मात्र हैन, नीति र सोच पनि बदलौ “

रबिन्स शर्मा ८, कार्तिक, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रबिन्स शर्माले देशको २०४६ देखि २०८२ सम्मको इतिहासिक राजनीति घटनाहरू बारे गम्भीर भयर सोच्दा नेपालको राजनीतिक, नीति र संस्थागत संरचनामा गहिरो आत्मसमीक्षा र सुधारको आवश्यकता औंल्याउँदै अब नेतृत्व मात्र हैन, नीति र सोच पनि बदल्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । शर्माले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको […]

Continue Reading

रुकुम पश्चिमको बाँफिकोटमा जिप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या आठ

  रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्ले पुर्‍याएपछि मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना […]

Continue Reading

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

     धनुषा । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा […]

Continue Reading

आजकाे माैसम यस्तो

  काठमाडौ  । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ। शनिबार राति कोशी प्रदेश, बागमती […]

Continue Reading

कालीमाटीमा तरकारी र फलफूलको मूल्यसूची

काठमाडौँ, कात्तिक ७ गते। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी, फलफूल र अन्य कृषि उपजको मूल्यसूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार, आज ठूलो नेपाली गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ४३ रुपैयाँ र अधिकतम मूल्य ५३ रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेडा ५८ देखि ६८ रुपैयाँसम्म कारोबार भइरहेको […]

Continue Reading

आयातित काजू-बदामको जमानामा किन बिर्सियौं हामीले पहाडको हीरा ‘कटुस’

पाँचथर  । तिहार, अर्थात् यमपञ्चक, नेपाली संस्कृतिमा विशेष महत्त्व राख्ने पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदा विभिन्न प्रकारका खानेकुरा र कोसेली दिने चलन छ। आज भाइटिकाको पावन अवसरमा, पौष्टिक र स्वदेशी ‘सुपरफुड’ कटुसको महत्त्वलाई उजागर गर्नु सान्दर्भिक देखिन्छ। प्रायजसो हामी महँगा आयातित ड्राई फ्रुट्सहरू जस्तै काजू, बदाम, किसमिसलाई प्राथमिकता दिन्छौं, तर हाम्रै गाउँघरमा […]

Continue Reading

तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु

  काठमाडौँ । तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरीको बागमती किनारमा गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण गरिन्छ । यस क्षेत्रमा सयौं छठ घाट अर्थात् पूजा स्थल निर्माण गरेर भव्य रुपमा छठ मनाइदै आएको छ । तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो […]

Continue Reading

दलहरूलाई जेनजी पुस्तालाई फुटाउने प्रयास नगर्न चेतावनी

  काठमाडौं । जेनजी आन्दोलनका संयोजक सुदन गुरुङले राजनीतिक दलहरूलाई जेनजी पुस्तालाई फुटाउने प्रयास नगर्न चेतावनी दिएका छन् । बिहीबार माइतीघर मण्डलमा आयोजित जेनजी शहीद स्मृति कार्यक्रममा उनले पुराना दलहरूले जेनजीहरूलाई कमजोर बनाउन खोजेको आरोप लगाए । ‘उनीहरूले हामीलाई विभाजित गर्न खोज्छन् भन्ने हामीले बुझेका छौँ,’ गुरुङले भने, ‘यो भ्रममा नरहोस् कि हामी कमजोर छौँ […]

Continue Reading