पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव’-उपसभामुख राना

काठमाडौँ । विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गरेकोमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छिन् ।   बधाई सन्देशमा भनिएको छ “ महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास लिएको छु । […]

Continue Reading

रूपन्देहीको उपचुनाव स्वतः रद्द

 । आगामी कार्तिक १७ गते रूपन्देही-३ मा हुन लागेको उपनिर्वाचन स्वत रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएर संघीय संसद नै विघटन भएपछि कार्तिक १७ गतेका लागि तय भएको संघको उपनिर्वाचन स्वत रद्द भएको हो । ०७९ मा रूपन्देही-३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रिक्त उक्त स्थानमा चुनावका लागि निर्वाचन […]

Continue Reading

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत […]

Continue Reading

संसद विघटन गर्ने सहमति, सुशीला कार्की प्रधानमन्त्रीको सपथ लिँदै

  संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

Continue Reading

शीतल निवास पुगे प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति अशोकराज सिक्देल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । अन्तरिम सरकार गठनको पहल भइरहेका बेला केहि बेरअघि उनी शीतलनिवास प्रवेश गरेका हुन् । सोमबारबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता देशको सुरक्षा नेपाली सेनाले गरिरहेको छ ।   जेनजीहरुले संसद विघटन गरेर […]

Continue Reading

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। अब नयाँ प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा गुरुङसँग राष्ट्रपतिले छलफल गर्ने बताइएकाे छ। उनलाई शुक्रबार बिहान नौ बजे शीतल निवास बोलाइएको भए पनि केहीबेर अघि मात्रै उनले प्रवेश पाएका हुन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले दबाब दिँदै आएका […]

Continue Reading

नयाँ नेपाल बनाउनेको पारा यस्तो छ, देश बनाउनेचाँहि कसले अब !’ रक्सी चोर्दैको भ्याइनभ्याई तस्बिरहरु

काठमाडौं । जेन-जीले गरेको आन्दोलन धेरैका लागि चोरी गर्ने अवसर बनेको छ । मौकामा चौका हान्दै सुपरमार्केट,पसलहरुमा लुटपाट गरिएको छ । राष्ट्रिय झण्डा ओढेर बोतलका बोतल रक्सी चोरिएको छ । पुरुष,महिला,युवा, किशोरलगायत सबै उमेर समूहले रक्सी चोरेर घर लग्दै गरेको तस्विर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छ । एउटै व्यक्तिले आधा दर्जनभन्दा बढी रक्सी उठाएका छन् । […]

Continue Reading

जेनजी प्रदर्शन: मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए ।

Continue Reading

वर्तमान संकटको निकास संविधानबाटै खोज्नुपर्छ- राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान संकटको निकास संविधानबाटै खोज्नुपर्ने बताएका छन् । शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै पाण्डेले असहज परिस्थितिको निकास २०७२ सालमा संविधान सभाबाट जारी संविधानबाटमात्र सम्भव भएको बताएका हुन् । यदि संविधानभन्दा बाहिर गएर निकास खोज्न प्रयास भए अन्त्यहीन विवादमा फस्ने तथा देश र जनताले सधैँ दुख पाउने […]

Continue Reading

त्रिविको पठनपाठन छठपर्वपछि

\ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ ।   त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि हुने जानकारी दिएको छ ।

Continue Reading