मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट

काठमाडौ  । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयका ६५२ विद्यार्थीको परीक्षा उत्तरपुस्तिका जलेर नष्ट भएका छन्। परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तह दोस्रो वर्षका आंशिक र मौका परीक्षाका उत्तरपुस्तिकाहरू आगलागीमा नष्ट भएका हुन्। “तीनवटा परीक्षा केन्द्रका उत्तरपुस्तिका जलेका छन्,” परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले बताए, “जलेका कारण ती विद्यार्थीका […]

Continue Reading

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।

Continue Reading

भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् […]

Continue Reading

निर्वाचन आयोगलाई राजनीतिक संवाद थाल्न प्रधानमन्त्री कार्कीको आग्रह

  काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन्। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा कार्कीले सरकारले के के सहजीकरण गर्नुपर्छ भनेर आयोगसँग सोधेकी थिइन्। ‘हामी उपलब्ध सबै सहयोग गर्छौं,’ कार्कीले बैठकमा भनिन्, ‘के के गर्नुपर्छ। गर्नुहोस्।’ प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संवाद गर्न समेत आयोगलाई आग्रह […]

Continue Reading

सिंहदरबार जलेको हेरेर बस्यो भन्ने आरोपमा मेयर बालेनको स्पष्टीकरण,अफवाह नफैलाउन अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २४ गते काठमाडौंमा आगजनी हुँदा दमकल नपठाएको भन्ने आरोपको खण्डन गर्दै अफवाह नफैलाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् । उनले भनेका छन्– कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस् । अफवाह नफैलाउनुहोस् । जनताले सही जानकारी पाउने अधिकार राख्छन् । यस्तो छ […]

Continue Reading

प्रधानसेनापतिले दिए सेनाले सिंहदरबार जल्नबाट रोक्न नसक्नुको कारण

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगजनी र तोडफोडमा सिंहदरबारलगायत नेपालका महत्त्वपूर्ण सम्पदा जल्नबाट रोक्न नेपाली सेनाले नसकेको भनी आलोचना भइरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देलले रक्तपात हुन नदिन र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने सम्भावनालाई रोक्न सेनालाई बाहिर ननिकालेको दाबी गरेका छन्।   पृतनापतिहरूको बिहीबार सम्पन्न बैठकमा प्रधानसेनापति सिग्देलले सिंहदरबारलगायत देशका महत्त्वपूर्ण […]

Continue Reading

कागजी प्रक्रियाको अन्त्य, मन्त्रालयका सबै निर्णय अब अनलाइनमार्फत

  काठमाडौं । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन-दिने कार्य अनलाइन […]

Continue Reading

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।   बिहीबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको हो ।   कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

Continue Reading

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ ।  

Continue Reading