एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम-समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

 

लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ ।

बैठकले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्ने जनाईएकाे छ ।

समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *