जेनजी सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा.संगीता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

केही साताअघि जेनजीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रासहित १४ जनाविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोप लागेकी उनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार मुद्दा परेकामध्ये तत्कालीन महानिर्देशक मिश्रासहित १३ जना राष्ट्रसेवक र एक जना निजी कम्पनी सञ्चालक रहेका छन् ।

मुद्दा परेकामध्ये स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा.श्रवणकुमार थापा, निर्देशक डा. विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा।सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र र म्याक्सिम इन्कर्पोरेशनका सञ्चालक सुन्दर भुसाललगायत छन् ।

मिश्रससहितका प्रतिवादीविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *