सीता ओझा
छठ पर्व नेपालको विशेषगरी दक्षिणी क्षेत्र ( मधेस ) र भारतको उक्तरीय क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले श्रद्धा पुर्वक मनाउने महत्त्वपूर्ण पर्व हो र थियोे । छठ पर्वमा षष्ठी भगवती ( स्त्री शक्ति)को पूजा अर्चना गरी पुत्र,पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। यो पर्व पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी छठीमाईको भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पछिल्लो समय छठ पर्वमा मुस्लिम,बौद्ध र अन्य धर्म सम्प्रदायको पनि सहभागीता हुन्छ ।
अहिलेसम्म पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
छठको वैकल्पिक नाम छठी
पर्व, पुवा छठीमाई र सुर्य देवताको गरिन्छ ।
सामाजिक,सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व :
सुर्यले पृथ्वीमा पर्यप्त प्रकाश छरेको,प्राणी र वनस्पतिसहित पृथ्वीको कल्याण गरेको भएर सूर्यलाई धन्यवाद दिने उदेश्यले सुरूवात भएको देखिन्छ ।यो पुजा कार्तिक शुक्ल षष्ठीको दुई दिन अघि समापन
कार्तिक शुक्ल, षष्ठीको, भोलिपल्ट
कार्तिक शुक्ल षष्ठी
आवृत्ति
दुइ पटक (चैती छठ मिलाएर)गर्ने चलन छ ।
व्रत र पुजाको सुरूवात :
मानवजातीको सृष्टिको सुरूवातदेखि नै सूर्यको प्रकाशको प्रभाव मानिसमा पर्यो । मानिसले दिनरात,ताप र प्रकाशको सहारा नै सुर्यबाट पाएको थियोे ।सुर्यबाट प्राप्त त्यो सुविधा नकाटियोस र निरन्तर रहोस् भन्दै सुर्यको नाममा उपासना गरिंदै आएको षष्ठी व्रतको प्रसँग अग्नि पुराणमा पढ्न पाइन्छ । तर कहिले,किन र कसरी सुरूगरियो/ व्रतको सुरूवात भयो ? भन्ने उल्लेख भने पाइएको छैन ।
महाभारतका पात्रहरू मध्ये पाण्डवहरू चौध वर्ष वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा उल्लेख छ ।
त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको प्रसङ्ग जोडिएको छ । यी दुवै प्रसङ्ग राज्यको सुख शान्ति ,राज्य प्राप्ति र सन्ताको प्राप्ति गर्न धार्मिक अनुरागको रूपमा गरिएको देखिन्छ ।
यस्ता हरेक धर्मावलम्बीले मनाउने चाडपर्व ,धार्मिक सांस्कृतिक महत्त्व दर्शाउने संस्कार र चलनहरू किन र कसरी सुरूवात भए खोजी गर्नु ,त्यसको सामाजिकआर्थिक तथा सांस्कृतिक महत्त्वको चर्चा गर्नु राज्यको दायित्वमा पर्दैन / पारिदैन मात्रै शक्ति र भक्तिको हिसाबले एकोहोरो मनाउनै पर्ने जस्तो गरिन्छ । यस्तो गर्नु सर्वसत्तावादी सोच हो । यसो गर्दा यस्ता पर्वहरूसँग जोडिएको वैज्ञानिक र सामाजिकआर्थिक पक्ष मर्ने खतरा बढ्छ ।
कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । सानो छठ चैतको षष्ठी तिथिमा पर्दछ र यो पर्व पनि मनाइन्छ तर केही ठाउँमा मात्रै मनाइन्छ ।
व्रत र पुजाको सुरूवात :
मानवजातीको सृष्टिको सुरूवातदेखि नै सूर्यको प्रकाशको प्रभाव मानिसमा पर्यो । मानिसले दिनरात,ताप र प्रकाशको सहारा नै सुर्यबाट पाएको थियोे ।सुर्यबाट प्राप्त त्यो सुविधा नकाटियोस र निरन्तर रहोस् भन्दै सुर्यको नाममा उपासना गरिंदै आएको षष्ठी व्रतको प्रसँग अग्नि पुराणमा पढ्न पाइन्छ ।
महाभारतका पात्रहरू मध्ये पाण्डवहरू चौध वर्ष वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा उल्लेख छ ।
त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको प्रसङ्ग जोडिएको छ । यी दुवै प्रसङ्ग राज्यको सुख शान्ति ,राज्य प्राप्ति र सन्ताको प्राप्ति गर्न धार्मिक अनुरागको रूपमा गरिएको देखिन्छ ।
यस्ता हरेक धर्मावलम्बीले मनाउने चाडपर्व ,धार्मिक सांस्कृतिक महत्त्व दर्शाउने संस्कार र चलनहरू किन र कसरी सुरूवात भए खोजी गर्नु ,त्यसको सामाजिकआर्थिक तथा सांस्कृतिक महत्त्वको चर्चा गर्नु राज्यको दायित्वमा पर्दैन / पारिदैन मात्रै शक्ति र भक्तिको हिसाबले एकोहोरो मनाउनै पर्ने जस्तो गरिन्छ । यस्तो गर्नु सर्वसत्तावादी सोच हो । यसो गर्दा यस्ता पर्वहरूसँग जोडिएको वैज्ञानिक र सामाजिकआर्थिक पक्ष मर्ने खतरा बढ्छ ।
कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । सानो छठ चैतको षष्ठी तिथिमा पर्दछ र यो पर्व पनि मनाइन्छ तर केही ठाउँमा मात्रै मनाइन्छ ।
सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् । त्यो विधिलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार सहित अर्घ दिन्छन्। स्वास्थ्य कम्जोर हुने बाहेक अन्य व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा नै बास बस्छन् । नदीको किनारमा बस्ने र घर फर्कने दुबै थरीले शुद्धाशुद्धिको धेरै ख्याल राख्नु पर्ने हुन्छ । शुद्धताको विषयसँग यसको फल प्राप्त गर्ने विषय जोडिएको छ । चोखो नितोको कुरामा कडाइ जोडिएको कारण यहि हुनसक्छ ।
षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद सकेसम्म धेरै मानिसलाई बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । यो पुजामा जोडिएका कृषि उत्पादनका सामग्रीहरू त्यो बेलाको उपलब्धता सँग जोडिएका छन् । छठी देवीको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धा
धार्मिक विश्वास छ त्यसै अनुसार भाकलका सामग्री पनि पुजा गरि चडाइन्छ । छठको व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।
केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।
सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो पर्वको महत्त्व आज पनि त्यत्तिकै छ ।
यसको अर्को विशेषता भनेको समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् , सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब,जेष्ठ नागरिक तथा बेसहारालाई कसैले हेर्दैनन्। सुर्यले ब्राह्मणका सबै प्राणी,वनस्पति र चराचरलाई समान व्यवहार गर्ने भएकोले हामी सबैले सबैलाई सम्मान गर्नुपर्दछ भन्ने सन्देश दिन्छ ।
छठी माईको पुजा र सुर्य अर्घका जलाशय या कुण्ड नै चाहिन्छ । छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ ।यी सबै खाद्य वस्तुको उत्पादनमा सुर्यको सहयोग रहेको कारण पनि सुर्यको पुजा गरिएको देखिन्छ ।
कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरू हुन्छ । छठको शुरुवातको दिन मानिने दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।
सुरूको दिन ब्रतालुहरूले त्यो व्रतप्रति प्रतिबद्धता व्यक्त गर्दै म अब जथाभावी खाँदिन र तन मनले तिम्रो पुजा र आराधना गर्छु ।”
विधिवत रूपमा छठ शुरु भएको दोस्रो दिनलाई खर्ना भनिन्छ । यो दिन नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर र लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् साथै एक छाक मात्र भोजन गर्छन् । छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास स्वरूप यसो गरिए मानिन्छ ।छठको तेस्रो दिन अर्थात छठ पर्वको दिन ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् । यस्तो सबैले गर्न सक्दैनन् ।नसक्नेले प्रसाद चढाएर पानीबाट निस्कन्छन् र साँझदेखि रातभर भजन किर्तन र नाचगान गर्दछ ।यो दिन जलाशयहरूलाई बेहुली झै सिंगारिएकॊ हुन्छ।
झुल्कदो सुर्यलाई अञ्जुलीले अर्घ दिइसकेपछि प्रसादको रूपमा बनाइएका ठेकुवा,भुसुवाहरू पनि सुर्यलाई पुन : चडाइन्छ र घर पुगेर सूर्यलाई चडाएको प्रसाद ग्रहण गरी ब्रत खोलिन्छ र छठ सकिन्छ ।
छठ पर्वले प्रकृतिको संरक्षण र सम्बर्द्धनले मानव जातीको कल्याण हुन्छ । सुर्यको प्रकाश पृथ्वीसँग जोडिएको चराचरका लागि अति आवश्यक भएकोले भक्तिबाट शक्तिको सञ्चय गर्नु पर्दछ भन्ने सामाजिक सन्देश दिन खोजीएको देखिन्छ ।