काठमाडौं। क्रिकेट उत्सवका रुपमा मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छिन्।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।