नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभा देशभर गर्ने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा आयोजना गर्ने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आज विज्ञप्ति जारी गर्दै कार्यतालिका अनुसार एकता सन्देश सभा आयोजना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम (धनगढी)मा मंसिर १२ गते, लुम्बिनी (देउखुरी)मा मंसिर १३ गते, गण्डकी (पोखरा)मा मंसिर १४ गते र कोशी (विराटनगर)मा मंसिर १५ गते एकता सन्देश सभा आयोजना हुने बताइएको छ । त्यस्तै, कर्णाली (सुर्खेत)मा मंसिर १८ गते, मधेश (जनकपुर)मा मंसिर २० गते र बागमती (हेटौडा)मा मंसिर २३ गते कार्यक्रम गर्ने तय भएको छ ।

मंसिर २६ गते जिल्लास्तरमा र मंसिर २९ गते पालिकास्तरमा कार्यक्रम गर्ने तालिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *