बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्याे

  काठमाडौं । गत शुक्रवार र शनिवार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ ।जसमा १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । पाँचथरमा ८, उदयपुरमा ३, […]

Continue Reading

विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

  काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बस्न लागेको हो ।   आज बस्ने राष्ट्रिय परिषद्को बैठकमा राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको […]

Continue Reading

एभोकाडो- नाम एक फाईदा अनेक

पाँचथर । एभोकाडो फल मानव स्वास्थ्यको लागी पोषणयुक्त तथा फाइदाजनक फल हो । यसको स्वाद घ्यू जस्तै हुने हुनाले यस फललाई नेपालीमा घ्यूफल पनि भन्ने गरिन्छ ।   विदेशी भुमीमा धेरै बर्ष पहिले देखी यसको व्यवसायीक खेती भएता पनि नेपालमा भने यसले खासै नेपाली किसान माझ परिचित हुन सकेको छैन तर हालका वर्षहरुमा नेपाली उपभोक्तामा […]

Continue Reading

ओली र लेखकलाई पक्राउकाे माग गर्दै प्रहरीसमक्ष पुगे जेनजी

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गराउन जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन् । जेनजी अगुवा सुदन गुरुङसहितको टोली सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर पुगेको हो । प्रहरीका अनुसार , उनीहरूको जाहेरी दर्ता गरिएको छैन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे […]

Continue Reading

जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार तयार गर्याे – विप्लव

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव चन्दले सो कुरा बताएका हुन् । उनले आफ्नो पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अघि सारेको बताउँदै जेनजी विद्रोहले त्यसको आधार तयार पारिदिएको […]

Continue Reading

कस्तो छ आजकाे माैसम ?

  काठमाडौँ । सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, कर्णाली […]

Continue Reading

निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि कार्यतालिका सार्वजनिक

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले दिएको विवरण अनुसार निर्वाचन सम्बन्धी गतिविधिहरू यसप्रकार रहेका छन् ।   दल दर्ता : मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने । पहिलो हुने निर्वाचन प्रणाली : माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना […]

Continue Reading

गुल्मी किसान चन्द्रको बारीमा खुर्सानी टिप्न कामदारलाई भ्याइनभ्याई:

  धुर्काेट । धुर्काेट गाउँपालिका –१ नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकारको फर्ममा उत्पादन भएको अकबरे खुर्सानी टिप्ने लहर चलेको छ । ४० लाख रुपियाँ बढीको बिक्री गर्ने उद्देश्य बोकेर ताम्राकारले करिब ७० रोपनी बारीमा अकबरे खुर्सानी रोप्नुभएको छ । ओमनको पानीजहाजको जागीर भएकाले दुई–दुई महिनामा गाउँ आउन मिल्छ । छुट्टीमा घरको कृषि व्यवसायको व्यवस्थापन गरेपछि […]

Continue Reading

अमला: किन खाने ? के छन् यसका फाइदाहरू ?

  पाँचथर  ।अमला, एक सानो तर असाधारण गुण भएको फल हो। यसको स्वाद टर्रो र अमिलो भए पनि, यसमा लुकेका स्वास्थ्य लाभहरू धेरै छन्। अमलालाई आयुर्वेदमा एक महत्त्वपूर्ण औषधीय फल मानिन्छ र यसलाई विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छ।   अमलाका प्रमुख फाइदाहरू:   भिटामिन सी को पावरहाउस: अमला भिटामिन सी को एक उत्कृष्ट स्रोत हो। […]

Continue Reading

यस्ताे छ आजकाे माैसम

काठमाडौ  । मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायूको प्रभाव तथा पूर्वी भू-भागमा बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आशिंक बदली रहेको छ भने कोशी प्रदेशका, मधेश प्रदेशका थोरै स्थानरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ […]

Continue Reading