कञ्चनपुर–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा तिलक भट्ट सिफारिस

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट तिलक भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। ४ दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भट्टले आफूलाई प्राप्त भएको सिफारिसलाई वर्तमान राजनीतिक आवश्यकता, जनजीविकासँग जोडिएका सवाल र जनचाहनासँग मेल खाने महत्वपूर्ण कदमका रूपमा लिएको प्रतिक्रिया […]

Continue Reading

सुर्खेतमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

सुर्खेत । दाता ओङ्छु शेर्पाको उदार सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन) ले जाडो मौसम लक्षित कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारका ५० जना विद्यार्थीलाई ज्याकेट र विद्यालय झोला वितरण गरेको छ। उक्त विद्यार्थीहरू श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चादनिचौकी, वीरेन्द्रनगर नगरपालिका–९, सुर्खेतमा अध्ययनरत छन्। वितरण कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधा माताङ्गी तथा […]

Continue Reading

नेपाली कम्युनिष्ट पार्टी भोजपुर -काठमाडौं सम्पर्क समितीले गर्यो एकता सन्देश सभा

  काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी अन्तर्गत तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एकीकृत समाजवादी) भोजपुर- काठमान्डौ सम्पर्क समितिको संयुक्त आयोजनामा एकता सन्देश सभा सम्पन्न भएको छ।   पुस २६ गते शनिबार अनामनगर काठमाडौंमा सम्पन्न सभा तत्कालीन नेकपा (एकीकृत समाजवादी) भोजपुर–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भद्र पराजुलीको अध्यक्षतामा तथा नेपाली कम्युनिस्ट पार्टीका नेता जयन्ती राईको […]

Continue Reading

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ । कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री उदय शमशेर राणाका अनुसार गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक केहि बेरमा कुपोन्डोलको एक बैंक्वटमा बस्ने भएको हो । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले मध्यराती मात्र थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै […]

Continue Reading

नागरिक लगानी कोषको ३१ औं साधारणसभा सम्पन्न:सञ्चालकमा घिमिरे निर्वाचित

काठमाडौं । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा मिति२०८२पुस३०गतेका दिन कोषको सञ्चालक समितिका अध्यक्ष तुलसी प्रसाद घिमिरेको अध्यक्षतामा काठमाडौको नयाँवानेश्वरमा सम्पन्न भएको छ ।यस ३१ औ साधारणसभाको र्निवाचन बाट सञ्चालक समितीमा सर्वसाधारण सेयरधनीको तर्फवाट नारायण प्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । सभामा कोषका सञ्चालक ,शेयरधनी,कानुनी सल्लाहकार ,लेखापरिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति […]

Continue Reading

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच पार्टी समायोजन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच पुस ३० गते औपचारिक रूपमा पार्टी समायोजन भएको छ । राष्टिय सभा गृह काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल […]

Continue Reading

माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु । सिराहा, माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य […]

Continue Reading

धनगढीमाई नगरपालिका भवनभित्र अवैध ग्राभेल प्रयोग भएको आरोप, स्रोत र अनुमति बारे प्रश्न उठ्दै

धनगढीमाई नगरपालिका भवनभित्र अवैध ग्राभेल प्रयोग भएको आरोप, स्रोत र अनुमति बारे प्रश्न उठ्दै प्रदीप यादव पुष ३० सिरहा, धनगढीमाई नगरपालिकामा ग्राभेल उत्खनन तथा ढुवानी पूर्ण रूपमा बन्द रहेको अवस्थामा समेत नगरपालिका भवन परिसरभित्र ग्राभेल बिछ्याउने काम भइरहेको पाइएको छ। स्थानीयका अनुसार हालसम्म ५२ टिपर ग्राभेल नगरपालिका भवनभित्र प्रयोग भइसकेको छ, जसले ग्राभेल कहाँबाट र […]

Continue Reading

सिन्धुलीमा एसबीआई बैंकको ३ करोड लुटियो

काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटिएको छ । मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो । नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका […]

Continue Reading

  काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटिएको छ । मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो । नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । […]

Continue Reading