सैनिक अड्डामा जेनजी युवाहरुबीच कुटाकुट

सैनिक अड्डामा जेनजी युवाहरुबीच कुटाकुट काठमाडौं । नेपाली सेनाको मुख्यालय अगाडी जेनजी युवाहरुबीच नै कुटाकुट भएको छ । अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाहरूबीच केहि बेरअघि कुटाकुट भएको हो । मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच हानाहान भएको हो । त्यहाँ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै […]

Continue Reading

साढे ३३ किलो सुन तस्करका नाइके गोरे पनि जेलबाट भागे

काठमाडौं । बहुचर्चित साढे ३३ किलो सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेपछि सो समूहसँगै गोरेरपनि भागेका हुन् ।

Continue Reading

जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ: सीके राउत

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने र देश नै नरहरने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका […]

Continue Reading

जेन जी कै सहमतिबाट अन्तरिम सरकार श्रेष्ठको सुझाव,विदेशी हस्तक्षेपको खतरा बढिरहेकाले सचेत रहन आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जी पुस्ताले थालेको आन्दोलनलाई नेपालको मात्र नभई विश्वकै इतिहासमा अविस्मरणीय मोडका रूपमा दर्ज हुने बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनका मागलाई समर्थन गर्दै सुशासन, भ्रष्टाचारको अन्त्य, राजनीतिक शुद्धीकरण र सामाजिक न्यायसहितको समृद्धिका पक्षमा आफू निरन्तर संघर्षरत रहेको स्मरण गराए । उनले […]

Continue Reading

राष्ट्रपतिलाई सार्वजनिक गर्न विद्यार्थीहरुको माग

  काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका छन् । नेपाल कमर्स क्याम्पस बानेश्वरमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं भन्दै राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका हुन् । जेनजी आन्दोलनका क्रममा शीतलनिवास तोडफोड तथा आगजनी गरिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले सुरक्षा दिइरहेको बताइन्छ ।

Continue Reading

स्वार्थ समूहको अपाकृतिक गठबन्धन सरकारकै कारण जनताको आक्रोशले चरम रुप लियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको बताएका छन् ।   आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। […]

Continue Reading

संसद विघटन गरी अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह

@ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् । ‘देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ’  उनले लेखेका छन् । ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको […]

Continue Reading

धमाधम पार्टी छाडेको घोषणा गर्दै एमालेका नेताहरू

  विराटनगर । जेनजी आन्दोलन चलिरहेका बेला पूर्वमा राजनीतिक दल त्यागेको घोषणा गर्नेहरूको लर्को लागेको छ। यही क्रममा  बेलबारी नगरपालिकाका मेयर डीपी राईले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलनमा सरकारले गरेको दमन निन्दनीय भएको बताउँदै उनीहरूले दल त्यागेको घोषणा गरेका हुन्।

Continue Reading

  जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३०

काठमाडौं ।  जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । आन्दोलनका क्रममा घाइते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्दोलनमा एक हजार ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ ।

Continue Reading