झलनाथ खनाल पार्टी एकताकाे विपक्षमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादीसँग पार्टी एकता गर्न नहुने बताएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका बेला पत्नीको उपचारका लागि भारतमा रहेका नेता खनालले आफ्नो धारणा सार्वजनिक गर्दै यतिबेला कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् । ‘कमरेडहरु यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण […]

Continue Reading

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै ,ओलीलाई नेतृत्व छोड्न बढ्यो दबाब

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । शनिबार बस्ने भनिएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित भएको थियो । शुक्रबारदेखि सुरु भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि ओलीको भक्तपुरस्थित निवास गुण्डुमा बस्दैछ । शुक्रबार बसेको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र […]

Continue Reading

कांग्रेसमा कार्यवाहक सभापति तोक्न देउवालाई शशाङ्कको सुझाव

  काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्य समिति तत्काल विघटन गरी कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई सुम्पन सुझाव दिएका छन् । शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले महाधिवेशनको मिति तय गर्न सहज वातावरण बनाउन सभापति देउवाले […]

Continue Reading

शक्तिको नाजुक छायाँ: केपी ओलीको राजनीतिक यात्रा गद्दाफीको नियति दोहोरिन सक्ने संकेत ?

  वामदेव गाैतम   २०८२ भदौ २३–२४ को जेन्जी पुस्ताको विद्रोहपछि ओलीको रणनीति र प्रतिक्रियाले अन्तर्राष्ट्रिय र खुफिया वृत्तमा गद्दाफी–शैलीको पतनको सम्भावना उजागर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति, प्रतिष्ठा र भविष्य सबै जोखिममा छन् । सम्मानविहीन शक्ति सुरक्षा होइन; वैधानिकताविहीन बल केवल बालुवाको महल हो । समय र युवा दुवै […]

Continue Reading

राष्ट्रभन्दा ठुलो केही छैन : जनार्दन शर्मा

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई मुठभेड हुने अवस्था आउन नदिने गरी शान्ति र वैधानिकताका लागि योगदान गर्न सबैसँग आग्रह गरेका छन् । शनिबार आफ्नै फेसबुक पेजमार्फत उनले यस्तो आग्रह गरेका हुन् । नेता शर्माले भनेका छन्, ‘राष्ट्र भन्दा ठुलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर होइन, शान्ति र वैधानिकता स्थापनाका […]

Continue Reading

संसद् भवनको भाडा सम्झौता रद्द

काठमाडौ  । नयाँ बानेश्वरस्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ ।   गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । मुलुकी देवानी संहिता, २०७४ को दफा […]

Continue Reading

जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश दिएको होइन : पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वगृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन्, यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय […]

Continue Reading

एकीकृत समाजवादी झापाले गर्याे समसामयिक राजनीतिक परिस्थिति र हाम्रो कार्यभार विषयक विचार-विमर्श कार्यक्रम

  बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको आयोजनामा पार्टी कार्यालय बिर्तामोडमा “समसामयिक राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” विषयक गम्भीर विचार–विमर्श सम्पन्न भएको छ।   कार्यक्रममा वर्तमान राजनीतिक संकट, वाम आन्दोलनको दिशा र समाजवादी रूपान्तरणका कार्यभारबारे विस्तृत छलफल गरिएको थियो।   छलफलमा सहभागी नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलन अहिले गम्भीर संकटमा परेको जनाउँदै यसको समाधानका लागि […]

Continue Reading

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज हुँदैछ । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम-समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।   लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । बैठकले स्थायी समिति, पोलिटब्युरो […]

Continue Reading

रास्वपाको सचिवालय बैठक बस्दै

  काठमाडौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ ।   बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।   असोज २२ गतेको बैठकको […]

Continue Reading